मकै उत्पादन प्रवर्द्धन कार्यक्रममा सुचिकृत हुने सम्बन्धी सूचना


मकै उत्पादन प्रवर्द्धन कार्यक्रममा सुचिकृत हुने सम्बन्धी सूचना

प्रकाशक : DOACROP

 

नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
कृषि विभाग
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र
श्रीमहलललितपुर

मकै उत्पादन प्रवर्द्धन कार्यक्रममा सुचिकृत हुने सम्बन्धी सूचना

सुचना नं २

   (दोश्रो पटक प्रकाशित मिति : २०७६/०७/२० गते)

यस केन्द्रको आ.व. २०७६/०७७ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार दानाको आयात प्रतिस्थापनका लागि मकै उत्पादन प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागी "मकै उत्पादन प्रवर्द्धन कार्यक्रम संचालन सञ्चालन प्रकृया, २०७६" बमोजिम देहाय अनुसारका जिल्ला तथा स्थानहरुमा संचालन हुने तपसिलमा उल्लेख भएका क्रियाकलापहरुमा आवद्ध हुन चाहने सोहि जिल्ला र स्थानका कृषक समूह/सहकारी/निजी उद्ममी/फर्म/कम्पनी/उपभोक्ता समितिले आवद्ध हुन चाहने कार्यक्रम समेत खुलाई यो दोश्रो पटक सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सूचिकृत हुन पुनः यो सूचना प्रकाशित गरिएको छ । साथै, आवेदकहरुले आवेदन लगायत अन्य आवश्यक कागजात यस केन्द्र वा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगतका जिल्ला स्थित परियोजना कार्यान्वयन इकाइहरुमा समेत पेश गर्न सकिने व्यहोरा जानकारी गराइन्छ । पुनश्चः यस अघिको सुचना बमोजिम सुचिकृत भईसकेका आवेदकहरुले पुनः आवेदन दिनु पर्ने छैन ।

तपसिल

कार्यक्रम संचालन हुने जिल्ला तथा स्थानहरुबारा जीतपुर (सिमरा उ.म.न.पा) रौतहट (चन्द्रनीगाहपुर नगरपालिका, गुजरा नगरपालिका), सर्लाही (हरिवन नगरपालिका, लालबन्दी नगरपालिका, वागमती नगरपालिका, बरहथवा नगरपालिका) र सिन्धुली (दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका)

क्र.

सं.

कार्यक्रमको किसिम

आवद्ध हुन चाहेको क्रियाकलापमा (√) चिन्ह लगाउने

कैफियत

बर्णशङ्कर मकैको क्षेत्र बिस्तार

 

१. आवेदकहरुमध्ये व्यक्तिगत रुपमा कार्यक्रममा आवद्ध हुने कृषक/उद्यमीले कम्तिमा १ हेक्टर, समूह/सहकारी/उपभोक्ता समिति ले कम्तिमा ३० हेक्टर र प्राइभेट कम्पनीले कम्तिमा १० हेक्टर क्षेत्रफलमा बर्णशंकर मकैको खेती क्लष्टरमा गर्नु पर्ने

बसन्ते

 

यान्त्रिकीकरणका लागि कष्टम हायरिङ्ग स्थापना सहयोग कार्यक्रम

 

संचालन प्रकृयाको दफा ७ र अनुसूची ६ सँग सम्बन्धित

हिउँदे र बसन्ते मकै खेतीका लागि सिंचाइ पूर्वाधार विकास कार्यक्रम:

 

संचालन प्रकृयाको दफा ८ सँग सम्बन्धित

मकै सुकाउन तथा भण्डारणका लागि पूर्वाधार सहयोग

           

संचालन प्रकृयाको दफा ९ सँग सम्बन्धित

नोट:  

१.आवदेकले निवेदनसाथ समावेश गर्नु पर्ने कागजातहरुको विवरण बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको वेभसाइट www.doacrop.gov.np वा कृषि विभागको वेभसाइट www.doanepal.gov.np मा हेर्न सकिने जानकारी गराइन्छ ।
२. एक भन्दा बढी कार्यक्रममा आवद्ध हुन चाहने आवेदकहरुले हरेक कार्यक्रमका लागि छुट्टाछुट्टै आवेदन दिनु पर्नेछ ।

थप जानकारीको लागि सम्पर्क:

  • बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र श्रीमहल, ललितपुर फोन नं ०१-५५२११५१
  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प.का.इ, सिन्धुली, फोन नं.: 047…692027
  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प.का.इ, सर्लाही, फोन नं.: 046…620505
  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प.का.इ, रौतहट, फोन नं.: 055…565078
  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प.का.इ, बारा, फोन नं.: 053…550017

मेघनाथ तिमल्सेना

मेघनाथ तिमल्सेना

प्रमुख

बलराम रिजाल

बलराम रिजाल

(वरिष्ठ माटो विज्ञ) (सुचना अधिकारी)