१७‍औं राष्ट्रिय धान दिवस तथा राेपाई महाेत्सव २०७७ काे नारा तथा धान दिवस मनाउँदा अपनाउनुपर्ने प्राेटाेकल


१७‍औं राष्ट्रिय धान दिवस तथा राेपाई महाेत्सव २०७७ काे नारा तथा धान दिवस मनाउँदा अपनाउनुपर्ने प्राेटाेकल

प्रकाशक : CCDABC

 

धान उत्पादनमा बृद्धि, 

आत्मनिर्भरता र समृद्धि ।

१७  राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सवमा Covid-19 Pandemic का सम्बन्धमा अपनाउनुपर्ने Protocol

कोभिड १९ रोग विश्वव्यापी महामारीको रुपमा फैलिएको तथा नेपालमा पनि यस महामारीको प्रकोप बढ्दै गएको छ । कोभिड १९ रोगको जोखिम अवस्थामा समेत कृषि कर्मलाई नियमित नराखे निकट भविष्यमा खाद्य तथा पोषण असुरक्षाको अवस्था आउनसक्ने सम्भावना भएकोले कृषि सम्बन्धी गतिविधीहरु आवश्यक सतर्कता अपनाई नियमित गर्न आवश्यक रहेको छ।यस परिप्रेक्ष्यमा मिति २०७७ असार १५ गते धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र समृद्धि " नाराका साँथ १७  राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउने सन्दर्भमा कोभिड १९ रोगको संक्रमणबाट बच्न अपनाउनु पर्ने सावधानीका उपायसहित देहाय बमोजिमको Protocol तयार गरिएको छ ।

  • नेपाल सरकारको निर्णय बमोजिम बढीमा २५ जनासम्म मात्र भेला भएर १७  राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउने । यदि २५ जना भन्दा बढी भएमा न्यूनतम सामाजिक दुरी (६ फिट) कायम हुने गरी स-साना उपसमूहमा रहेर रोपाई महोत्सव मनाउने ।
  • कार्यक्रम स्थलमा उपयोग हुने फर्निचर तथा अन्य सामग्री निसंक्रमण गर्ने तथा सो को व्यवस्थापन गर्दा कम्तिमा ६ फिटको दूरी कायम राख्ने ।
  • प्रदेश तथा स्थानीय स्तरमा १७ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउदा यथासक्य संयुक्त आयोजनामा सरकारी फार्म केन्द्रमा मनाउने ।
  • रोपाई महोत्सव प्रवेश स्थलमा संभव भएसम्म  Prescreen Test – तापक्रम तथा लक्षण पहिचानको व्यवस्था गर्ने। परीक्षण गर्दा शंका लागेमा (१००.४ भन्दा बढी ज्वरो) प्रवेशमा रोक लगाउने ।
  • रोपाईं महोत्सव प्रवेश स्थलमा  सावुन पानीले हात धुने व्यवस्था, गुणस्तरीय स्यानिटाइजर र मास्क अनिवार्य प्रयोग गर्ने व्यवस्था मिलाउने।
  • रोपाईं गर्दा खेतमा व्यक्तिहरुबीच पर्याप्त सामाजिक दुरी (कम्तिमा ६ फिट) कायम गर्न स-साना क्षेत्र निर्धारण गरी रोपाईं गर्ने ।
  • रोपाईं महोत्सव गर्दा अन्य सांस्कृतिक, परम्परागत तथा  मनोरन्जनात्मक (हिलो छ्याप्ने आदि) गतिविधि नगर्ने ।
  • रोपाईं गर्दा, खाजा वा चिया खाने बेला, आवत जावत गर्दा कम्तिमा ६ फिटको दूरी कायम राख्ने, व्यक्तिगत सुरक्षार्थ मास्क लगाउने ।
  • रोपाईं महोत्सवमा  खाजा व्यवस्थापनमा सुरक्षात्मक उपायहरुको अवलम्बन गर्ने ।संभव भएसम्म सामूहिक खाजालाई निरुत्साहित गर्ने ।
  • रोपाईं महोत्सवमा संभव भएसम्म कम श्रम लाग्ने प्रविधि तथा मेशिनहरूको प्रयोग गर्ने, सकेसम्म थोरै मानिसहरू संलग्न हुने। कृषि  मेसिनरीहरुको  प्रयोग  अगाडि  र पछि  साबुन पानीले  हात धुने तथा निसंक्रमणमा पर्याप्त ध्यान दिने ।
  • रोपाईं हुने क्षेत्रमा रोपाई पश्चात सावुन पानीले हात धुने व्यवस्था, गुणस्तरीय स्यानिटाइजरको व्यवस्था मिलाउने।

मेघनाथ तिमल्सेना

मेघनाथ तिमल्सेना

प्रमुख

बलराम रिजाल

बलराम रिजाल

(वरिष्ठ माटो विज्ञ) (सुचना अधिकारी)