गुणस्तरीय बीउ बिजन प्रयोग गर्नुहुन कृषकहरूलार्इ अनुरोध


`

प्रकाशक : बाली विकास निर्देश्नालय

 

गुणस्तरीय बीउ बिजन प्रयोग गर्नुहुन  कृषकहरूलार्इ अनुरोध

नेपालमा उन्मोचन र दर्ता विधिबाट विभिन्न बालीका विभिन्न जातहरू विभिन्न क्षेत्रको लागि सूचिकृत भएका छन् । केही कृषकहरूले नेपालमा नियमानुसार सूचिकृत नभएका एवम् आफ्नो भौगोलिक क्षेत्रको लागि सिफारिस नभएका जातहरूका उन्नत तथा हार्इब्रीड बीउ लगाउनाले बाली उत्पादनमा धेरै किसिमका समस्याहरू झेल्नु परेको सन्दर्भमा नेपालमा नियमानुसार सूचिकृत भएको र आफ्नो भौगोलिक क्षेत्रको लागि सिफारीस जात मात्र छनौट गर्नुहुन सबै कृषकहरूमाझ अनुरोध छ । यसैगरी, बीउ खरिद गर्नुपूर्व बीउको भाँडोमा बीउ बिजनको किसिम र जात, न्यूनतम गुणस्तरको हद (उमारशक्ति तथा शुद्धता), रासायनिक पदार्थ प्रयोग गरी बीउ उपचार गरिएको भए सोको विवरण, उत्पादन वर्ष, बीउ बिजनको परीक्षणको मिति, लट नं., बीउ बिजन उपयुक्त हुने क्षेत्र, बीउ बिजनको तौल, बीउ बिजन बिक्री वितरण गर्ने व्यक्ति वा संघ संस्थाको नाम, लोगो र दस्तखत सम्बन्धी विवरण छ/छैन, यकिन गर्नु हुन समेत सबै कृषकहरूलार्इ अनुरोध छ ।

कृषकहरूले बाली लगाउनुपूर्व माटोको किसिम तथा अवस्था, बिरूवाको उचार्इ, रोपेदेखि बाली पाक्न लाग्ने समय, सिफारीस मलखादको उपलब्धता, सिंचार्इको व्यवस्था, सम्भावित रोग किराको प्रकोपबाट बच्ने उपाय, बालीको उब्जनी दर आदिलार्इ ध्यानमा राखेर मात्र बाली लगाउनुहुन अनुरोध छ ।

साथै, बीउ बिजन बिक्रेताले सूचिकृत बीउ बिजन मात्र बिक्रीवितरण गर्नुहुन अनुरोध छ र जुन क्षेत्रको लागि उपयुक्त भनि निर्धारित सूचित किसिम वा जातको बीउ बिजन तोकिएको हो सोही क्षेत्रमा मात्र बिक्री बितरण गर्नुहुन अनुरोध छ ।

यसका साथै, कसैले बिक्री बितरण गरेको बीउ बिजनको गुणस्तर र गलत सूचनाको कारणले कसैलार्इ आर्थिक हानी नोक्सानी पुग्न गएमा बीउ बिजन नियमावली, 2069 बमोजिमको मूल्यांकन समितिले गरेको मूल्यांकन र सिफारीसको आधारमा सम्बन्धित पक्षले कृषकलार्इ क्षतिपूर्ति दिनु पर्ने कानूनी प्रावधान रहेको व्यहोरा समेत सम्बन्धित सबैलार्इ जानकारीको लागि अनुरोध छ ।

यस सम्बन्धी विस्तृत जानकारीको लागि नजिकको कृषि सेवा केन्द्र, जिल्ला कृषि विकास कार्यालय वा बाली विकास निर्देशनालय, हरिहरभवन, ललितपुरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

नेपाल सरकार
कृषि विकास मन्त्रालय
कृषि विभाग
बाली विकास निर्देशनालय
हरिहरभवन, ललितपुर
फोन नं. 01-5528129
फ्याक्सः 01-5010141


मेघनाथ तिमल्सेना

मेघनाथ तिमल्सेना

प्रमुख

बलराम रिजाल

बलराम रिजाल

(वरिष्ठ माटो विज्ञ) (सुचना अधिकारी)