कार्य विवरण

  • बाली विकास सम्बन्धित राष्ट्रिय नीति तथा मापदण्ड तर्जुमा एवं नियमन सम्वन्धी कार्य गर्ने,
  • बाली विकास तथा जैविक विविधता सम्वध्द विषयमा राष्ट्रियस्तरमा विशेषज्ञ सेवा प्रदान गर्ने तथा राष्ट्रिय फोकल कार्यालयको रुपमा कार्य गर्ने,
  • राष्ट्रियस्तरमा बाली श्रोत केन्द्र स्थापना र संचालन सम्वन्धी राष्ट्रिय नीति, मापदण्ड तर्जुमा तथा नियमन गर्ने,
  • बाली विकास सम्वध्द समस्या पहिचान र समस्या समाधानका लागि नीतिगत सुझाव उपलब्ध गराउने,
  • राष्ट्रिय महत्वका बालीहरुको राष्ट्रिय वासलात तयारीका लागि प्राविधिक सहयोग पुर्याउने,
  • राष्ट्रियस्तरमा बीउविजनमा आत्मनिर्भरता सम्वन्धमा आवश्यक कार्यक्रम तर्जुमा एवं कार्यान्वयन तथा सहजीकरण गर्ने, तथा उन्नत बीउको प्रयोग एवम् पहुँच वृद्धि तथा खाद्यान्न बालीको समुचित उपभोग सम्बन्धि सचेतना कार्यक्रम संचालन गर्ने,
  • बीउ मूल्य श्रृंखला विकास (seed value chain development) सम्वन्धी आवश्यक कार्य गर्ने,
  • खाद्यान्न, दलहन, तेलहन, औद्योगिक बाली लगायतको राष्ट्रिय महत्वका विशेष उत्पादन कार्यक्रम (जस्तै  मिशन कार्यक्रम) तर्जुमा तथा संचालन गर्ने,
  • बाली अनुसन्धान/बिकास तथा बीउ बिजन सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी, गैह्रसरकारी संस्था, कृषक समुदाय तथा निजी निकायहरुसँग समन्वय गरी नविनतम् बाली विकास प्रविधिहरुको पहिचान तथा प्रसार गर्ने,
  • बाली विकास तथा कृषि जैविक विविधता संरक्षण एवं सम्बर्द्धन सम्बन्धि संघीय, प्रदेश तथा स्थानीय तहमा संचालन भएका कार्यक्रमहरुमा समन्वय तथा सहकार्य गर्ने एवं सञ्‍चालित कार्यक्रमहरुको अनुगमन, निरीक्षण तथा सुपेरीवेक्षण गरी आवश्यक पृष्ठपोषण सहित प्राविधिक सेवा उपलब्ध गराउने,  
  • राष्ट्रियस्तरमा आनुवंशिक श्रोत तथा कृषि जैविक विविधताको पहिचान, संरक्षण र उपयोगको तथा विकास र विस्तारका लागी राष्ट्रिय नीति  तथा मापदण्ड तर्जुमा एवं नियमन सम्वन्धी कार्य गर्ने,
  • अन्तर्राष्ट्रिय आनुवंशिक स्रोत केन्द्र तथा विकास एवं प्रवर्द्धन केन्द्रसंग नेपाल सरकार मार्फत सम्वन्ध स्थापित गर्ने तथा आनुवंशिक स्रोत एवं अन्य सहयोग प्राप्त गर्ने,
  • कृषि जैविक विवधता निति २०६३ (पहिलो संशोधन २०७१) कार्यान्वयनमा सहजिकरण गर्ने तथा राष्ट्रियस्तरमा कृषि जैविक विविधता संरक्षण, सम्बर्द्धन एवं प्रवर्द्धन तथा प्रसार सम्वन्धी कार्यक्रम तर्जुमा तथा कार्यान्वयन एवं समन्वय गर्ने,
  • केन्द्रको मातहतमा रहेका कार्यालयहरुको अनुगमन, निरीक्षण तथा सुपेरीवेक्षण गरी आवश्यक प्राविधिक सेवा उपलब्ध गराउने,
  • राष्ट्रिय कृषि नीति २०६१, कृषि व्यवसाय प्रवर्द्धन नीति २०६३, कृषि विकास रणनीति २०१५-२०३५ तथा अन्य नीतिहरुलाई अनुसरण गर्दै आयात प्रतिस्थापन एवम् खाद्य तथा पोषण सुरक्षा अभिबृद्धि गर्न खाद्यान्न, दलहन, तेलहन, औद्योगिक बालीमा राष्ट्रिय महत्वका विशेष उत्पादन कार्यक्रम (अभियानमूखी कार्यक्रम) संचालनमा सम्बन्धित निकायहरुलाई सहजिकरण गर्ने,
  • नवउन्मोचित तथा उन्मोचन्मुख बाली विशेषका जातहरुको कृषकस्तरमा व्यापक प्रसारका लागि सम्बन्धित निकायहरुसँग समन्वय तथा सहकार्य गर्ने,
  • बाली विकास तथा कृषि जैविक विविधता सम्बन्धि राष्ट्रियस्तरको तथ्याङ्क संकलन, विश्लेषण तथा प्रकाशन गर्ने,
  • राष्ट्रियस्तरमा बालिहरुको पोष्टहार्भेष्ट व्यवस्थापन सम्बन्धि प्रविधि विकास र विस्तारका लागी राष्ट्रिय नीति, मापदण्ड तथा नियमन तथा प्रविधि प्रसारका कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्ने,
  • नेपाल सरकारले तोकेको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण तथा प्रवर्द्धन सम्वन्धी अन्य कार्यहरु ।